नेपाल कुमाल समाज दाङको अध्यक्षमा पुनः रामलाल कुमाल चयन

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १३ पुष २०८२, आईतवार
1 Min Read
Aa

दाङ – नेपाल कुमाल समाज दाङको दोस्रो जिल्ला अधिवेशन तथा चौथो साधारणसभा शनिबार लमहीमा सम्पन्न भएको छ । उक्त अधिवेशनले नेपाल कुमाल समाज दाङको जिल्ला अध्यक्षमा पुनः रामलाल कुमाललाई चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा बालाराम कुमाल, उपाध्यक्ष रचना कुमाल, सचिवमा सुनिता कुमाल, सहसचिवमा राजु कुमाल र कोषाध्यक्षमा कविता कुमाल चयन हुनु भएको छ ।

त्यस्तै गौरी कुमाल, कर्ण बहादुर कुमाल, मायादेवी कुमाल, सृजना कुमाल, घनश्याम कुमाल, पुनाराम कुमाल, छविलाल कुमाल, सृजना कुमाल, वरिष्ठ सदस्यमा गणेश कुमाल र डिल बहादुर कुमाल सदस्यमा चयन हुनु भएको छ ।

नेपाल कुमाल समाजले केही वर्ष यता आफ्नो समुदायको मौलिक कला, संस्कृति र पहिचान जगेर्ना गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । समाजले परम्परागत सीप–कला संरक्षण, भाषा र संस्कृतिको प्रवर्द्धन, युवा तथा बालबालिकालाई लक्षित सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

साथै समुदायको समग्र सामाजिक-आर्थिक विकासमा टेवा पुग्ने कार्यहरू निरन्तर अघि बढाइरहेको नेपाल कुमाल समाज दाङका अध्यक्ष रामलाल कुमालले जानकारी दिनु भयो । उहाँका अनुसार कुमाल समुदायको लोप हुँदै गएको भेष भूसालाई समेत प्रचलनमा ल्याउने प्रयास भैरहेको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्