लमहीको मजगाउँमा माघ सांस्कृतिक महोत्सव

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २९ पुष २०८२, मंगलवार
2 Min Read
Aa

दाङ – लमही नगरपालिका – ३ को आर्थिक सहयोग तथा थारु साहित्य– संस्कृति प्रतिष्ठानको आयोजनामा माघ सांस्कृतिक महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

महोत्सवमा थारु समुदायको मौलिक कला, संस्कृति र भेषभूषा झल्किने विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा थारु समुदायका स्थानीय कलाकारहरूले परम्परागत नाच प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए ।

महोत्सवमार्फत थारु समुदायको पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ । स्थानीय तहको सहकार्यमा आयोजना गरिएको यस किसिमका सांस्कृतिक कार्यक्रमले समुदायबीच आपसी सद्भाव र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

लमही नगरपालिका वडा नम्बर ३ ले आयोजना गरेको माघ महोत्सव कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले आफ्नै संस्कार र संस्कृतिलाई कहिल्यै भुल्न नहुने बताएका छन ।

प्रमुख चौधरीले संस्कार र संस्कृति नै समुदायको पहिचान भएको उल्लेख गर्दै यसलाई संरक्षण र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताए । उनले आधुनिकतासँगै आफ्ना मौलिक परम्परा, भाषा र संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा उनले यस्ता सांस्कृतिक महोत्सवले नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रति आकर्षित गर्ने विश्वास व्यक्त गर्दै स्थानीय तहले सांस्कृतिक पहिचान संरक्षणका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

संस्थाका अध्यक्ष छविलाल कोपिलाको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता, लमही नगरपालिका -३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । वडा नम्बर ३ का सदस्य सुमन कुमार अधिकारीको स्वागत मन्तव्य रहेको माघी महोत्सवको संचालन यम चौधरीले गरेका थिए ।

सो क्रममा स्थानीय लक्ष्मी चौधरी, वडा नम्बर ३ का वडा सदस्य कृष्णा गिरी, नेपाल पत्रकार महा संघ लुम्बिनी प्रदेशका सदस्य ओम प्रकाश गुप्ता, वडा नम्बर ३ का वडा सचिव आनन्द योगी, फल्कापुरका कट्कन्दार पुनाराम चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

May be an image of one or more people and temple

May be an image of one or more people and text that says '၃ဋုဗွာ कृतिकमहोस् 20a CULTURAL ২०হে CULTURALFET पुसश्ग पुस ই২ FESTIN FESTIMAL-2026 ग' L-2026 लमही 3 उत्तर मनगाड देडसाररी आ्ायाजक साहित्य-संस्कृति प्री. हित्य संस्कृति तमही देउसर्व'

May be an image of one or more people, temple and wedding

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्