जनताको जीवनस्तर उकास्ने योजनासहित मैदानमा उत्रिएको छु – योगेन्द्र चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २२ माघ २०८२, बुधबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेस दाङ -१ का उम्मेदवार योगेन्द्र चौधरीले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना मतदातासँग विकास, सुशासन र जनमुखी राजनीतिका लागि आफूलाई भोट दिन आग्रह गर्नुभएको छ ।

दाङका विभिन्न क्षेत्रहरूमा आयोजित चुनावी भेटघाट तथा कोणसभामा बोल्दै चौधरीले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको सुधारलाई आफ्नो प्राथमिकतामा राखेको बताउँदै जनताको जीवनस्तर उकास्ने योजनासहित मैदानमा उत्रिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “जनताको विश्वास र साथ पाएँ भने क्षेत्रको दिगो विकास, युवालाई रोजगारी र किसानलाई सम्मानजनक आम्दानीको वातावरण बनाउने काममा इमानदारीपूर्वक लाग्नेछु ।”

चौधरीले विगतमा आफूले गरेका सामाजिक तथा राजनीतिक योगदानको स्मरण गराउँदै यसपटक पनि जनताको भरोसामा खरो उत्रने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले मतदातालाई डर, लोभ र भ्रमभन्दा माथि उठेर सही उम्मेदवारलाई मतदान गर्न अपिल गर्नुभएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्