दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा सम्पूर्ण नगरबासी तथा देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देश जारी गर्दै नगर प्रमुख चौधरीले २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्यसँगै स्थापित प्रजातान्त्रिक आधारले आजको संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसालेको उल्लेख गर्नुभयो । प्रजातन्त्र प्राप्तिका लागि भएका ऐतिहासिक संघर्षहरूलाई स्मरण गर्दै उहाँले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
उहाँले प्रजातन्त्रले नागरिकलाई स्वतन्त्रता, अधिकार र अवसर प्रदान गरेको उल्लेख गर्दै त्यसको संरक्षण र सुदृढीकरणमा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो । उक्त ऐतिहासिक उपलब्धिले नेपाली समाजलाई अधिकारप्रति सचेत, राजनीतिक रूपमा जागरूक र परिवर्तनप्रति प्रतिबद्ध बनाएको उहाँको भनाइ छ ।
नगर प्रमुख चौधरीले सुशासन, पारदर्शिता र विकासमार्फत नागरिकको जीवनस्तर उकास्न नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।प्रजातान्त्रिक मूल्य मान्यताको सम्मान गर्दै समृद्ध नगर निर्माणमा सबै नगरबासीलाई एकजुट हुन समेत उहाँले आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्