दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का उम्मेदवार तथा सहमहामन्त्री योगेन्द्र चौधरीले पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौदी नजिक सडकबाट त्रिशुली नदी मा खसेर भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले दुर्घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावकारी उद्धार, उपचार तथा पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गर्नुभएको छ ।
आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहनु भएका चौधरीले पछिल्लो समय सडक दुर्घटनाका घटना बढ्दै गएको उल्लेख गर्दै सडक सुरक्षालाई कडाइका साथ लागू गर्न, सवारी साधनको नियमित प्राविधिक जाँच तथा चालकको जिम्मेवारीबोध बढाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । यस्तो दुःखद घटनाबाट सबैले पाठ सिक्दै सुरक्षित यात्राका लागि सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्