कांग्रेस दाङ -१ को चुनावी अपडेट : कांग्रेसको पक्षमा माहोल बनाउन विभिन्न तहका नेता फिल्डमा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १४ फाल्गुन २०८२, बिहीबार
2 Min Read
Aa

दाङ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले चुनावी गतिविधिलाई तीव्र बनाएको छ । निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले घरदैलो, भेटघाट, कोणसभा तथा शक्ति प्रदर्शनसहितका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

दाङ क्षेत्र नम्बर १ का उम्मेदवार योगेन्द्र चौधरी र समानुपातिक उम्मेदवार मधु प्रसाद न्यौपानेको पक्षमा माहोल बनाउन पार्टीका विभिन्न तहका नेताकार्यकर्ता सक्रिय रूपमा फिल्डमा खटिएका छन । चुनावी अभियानलाई सशक्त बनाउन राष्ट्रिय सभा सदस्य बासुदेव जंगली, संविधान सभा सदस्य सुशिला चौधरी, विमला नेपाली, महासमिति सदस्यहरू, स्वर्गीय नेता खुम बहादुर खड्काका पुत्र अनुराग खड्का, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, प्रदेश सदस्य, जिल्ला सदस्य, पालिका तथा वडा सभापतिहरू लगायतको उल्लेख्य सहभागिता रहेको छ ।

नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य जानकीलाल बस्नेत चुनाव प्रचारप्रसार संयोजकको जिम्मेवारी सम्हाल्दै उम्मेदवार चौधरीको पक्षमा माहोल निर्माण गर्न सक्रिय देखिएका छन । पार्टीभित्र संगठन सुदृढीकरणसँगै मतदातामाझ पुग्ने अभियानलाई प्राथमिकता दिइएको बताइएको छ ।

यसैबीच गगन थापा पार्टी सभापति बनेपछि अन्य दलतर्फ लागेका केही कार्यकर्ता पुनः कांग्रेसमा फर्कन थालेको दाबी स्थानीय नेताहरूले गरेका छन । यसले चुनावी अभियानलाई थप उत्साह प्रदान गरेको उनीहरूको भनाइ छ ।

उम्मेदवार योगेन्द्र चौधरीले स्वर्गीय नेता खुम बहादुर खड्काको योगदानलाई स्मरण गर्दै उहाँको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन । समग्र दाङको विकासमा आफू कटिबद्ध रहने वाचा गर्दै चौधरी यतिबेला मतदातासँग प्रत्यक्ष भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त रहेका छन ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्