दाङ – नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार योगेन्द्र चौधरीले मगर दिवसका अवसरमा सम्पूर्ण मगर समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मगर समुदायको ऐतिहासिक पहिचान, भाषा, कला, संस्कृति र परम्पराले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उहाँले मगर समुदाय नेपालको विविधतायुक्त सामाजिक संरचनाको महत्वपूर्ण अंग रहेको बताउनुभयो । उहाँले मगर समुदायको हक, अधिकार, पहिचान र समुन्नत विकासका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।
सहमहामन्त्री चौधरीले शुभकामना सन्देशमार्फत सम्पूर्ण मगर समुदायलाई एकताबद्ध र संगठित हुन आग्रह गर्दै आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन आह्वान गर्नुभएको छ । लोकतन्त्रको सुदृढीकरण, समावेशी विकास र स्थायित्वका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्