पाँचौँ लमही नगरपालिका स्तरीय मेयर कप क्रिकेटको उपाधी देउखुरी वारियर्सलाई

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २१ चैत्र २०८२, शनिबार
2 Min Read
Aa

दाङ – ‘लमही नगर निर्माण, महाअभियान’ अन्तर्गत पाँचौँ लमही नगरपालिका स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधी देउखुरी वारियर्सले हात पारेको छ । लमही नगरपालिकाको आर्थिक सहयोग तथा देउखुरी क्रिकेट क्लबको आयोजनामा चैत्र १५ गतेबाट देउखुरी अन्तराष्ट्रिय क्रिकेट रंगशालामा संचालन भएको पाचौँ लमही मेयर कप नगरस्तरिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधी देउखुरी वारियर्सले जित्न सफल भएको हो ।

शनिबार भएको फाइनल खेलमा वडा न.५ लाई ५ रनले हराउदै उपाधीसंगै नगद ४० हजार कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो भने उप बिजेता लमही वडा न.५ ले नगत ३० हजार संगै कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।

फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १२१ रन बनायो जस तर्फ राज कुमार कुमालले ३८ बलमा २ छ्क्का र १ चौका को मदतमा ३६ रनको योगदान गरे भने निर्मल साही ठकुरी र सन्दीप थापाले क्रमस २७ र २३ रनको योगदान दिए , बलिङमा वडा न. ५ तर्फबाट सुरज धिताल तथा श्रवण चौधरीले २-२ विकेट तथा जीवन केसी, सन्जय कुमाल र जहवीर खानले १-१ विकेट लिए ।

जवाफमा १२२ रनको लक्ष्य लियर मैदानमा उत्रेको वडा न.५ निर्धारित २० ओभरको खेलमा १९.५ ओभरमा अल आउट हुँदै ११६ रनमा खुम्चिन पुग्दा खेल ५ रनले गुमाउन पुग्यो । ब्याटिङमा वडा न.५ का तर्फबाट बिमल खत्री, जीवन केसी र सुबन बस्यलले क्रमश २६,२४ र १९ रनको योगदान दिएपनि खेल जिताउन सकेनन ।

बलिङमा देउखुरी वारियर्सका अतितराज पाण्डे र निर्मल शाही ठकुरीले समान ३-३ तथा एलिसन अधिकारीले २ विकेट लिए । फाइनल बलिङ तथा ब्याटिङमा उत्कृष्ट खेल प्रदर्शन गर्ने निर्मल सिंह ठकुरी म्यान अफ द फाइनल हुँदै ट्रफी प्राप्त गरे । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सन्दिप थापा र बेस्ट बलर सुभम खनाल र एमेर्जिङ खेलाडि सुशान्त भण्डारी भए ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्