दाङ – भूमि अधिकार मञ्च लमही नगरपालिका समितीका संयोजक शामसोन गिरी सहितको टोलीले भूमिहीन सुकुम्बासीहरूको समस्या समाधानको माग गर्दै लमही नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र लिँदै जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकहरूको समस्या गम्भीर रहेको भन्दै यस विषयलाई सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
भूमि अधिकार मञ्चका संयोजक गिरीले लामो समयदेखि भूमिहीन नागरिकहरूले विभिन्न समस्या झेल्दै आएको उल्लेख गर्दै यथाशीघ्र उचित व्यवस्थापन र लालपुर्जा वितरण प्रक्रियालाई अगाडि बढाउन माग गर्नुभयो ।
नगर प्रमुख चौधरीले ज्ञापनपत्रमा उठाइएका मागप्रति नगरपालिका सकारात्मक रहेको बताउँदै सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर समस्याको समाधानका लागि पहल गरिने बताउनुभयो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा भूमि अधिकार मञ्चका पदाधिकारी, स्थानीय भूमिहीन सुकुम्बासी तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्