वडा प्रहरी कार्यालय लमहीमा सरुवा भई आएका प्रहरी निरीक्षकको स्वागत तथा सम्मान

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ७ असार २०८३, आईतवार
1 Min Read
Aa

दाङ – वडा प्रहरी कार्यालय लमहीमा सरुवा भएर आउनुभएका प्रहरी निरीक्षक रमेश कुमार तिमल्सिनालाई लमही नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।

नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच प्रहरी निरीक्षक तिमल्सिनालाई खादा तथा सम्मानपत्र प्रदान गर्दै स्वागत गरिएको हो । कार्यक्रममा नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा समुदाय प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउन प्रहरी प्रशासनसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले लमहीको सुरक्षा व्यवस्थापनमा प्रहरी निरीक्षक तिमल्सिनाको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।

स्वागत कार्यक्रममा प्रहरी निरीक्षक तिमल्सिनाले आफूलाई दिएको सम्मानप्रति धन्यवाद व्यक्त गर्दै कानूनको प्रभावकारी कार्यान्वयन, नागरिकमैत्री सेवा प्रवाह तथा शान्ति सुरक्षाको सुदृढीकरणमा प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्