राष्ट्रिय धान दिवसका अवसरमा किसानलाई सम्मान गर्दै उत्पादन वृद्धि गर्न कार्यबाहक नगर प्रमुख योगीको आग्रह

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १५ असार २०८३, सोमबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्वको अवसरमा सम्पूर्ण कृषक, कृषि व्यवसायी तथा आम नागरिकमा शुभकामना व्यक्त गर्नु भएको छ ।

शुभकामना सन्देश व्यक्त गर्दै उहाँले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएको उल्लेख गर्दै किसानको मेहनत, पसिना र समर्पणकै कारण मुलुकको खाद्य सुरक्षा सुदृढ हुँदै गएको बताउनु भयो ।

उहाँले राष्ट्रिय धान दिवसले कृषिको महत्वलाई थप उजागर गर्दै आधुनिक, व्यावसायिक र उत्पादनमुखी कृषि प्रणाली अपनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नु भयो। किसानको श्रमको सम्मान गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यबाहक नगर प्रमुख योगीले धान दिवसले कृषिप्रति युवाको आकर्षण बढाउन, खेतीयोग्य जमिनको सदुपयोग गर्न तथा उत्पादन वृद्धि गरी समृद्धिको आधार निर्माण गर्न प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नु भएको छ ।

उहाँले धान रोपाइँमा जुट्नु भएका सम्पूर्ण किसानप्रति उच्च सम्मान व्यक्त गर्दै यस वर्षको धान खेती सफल होस्, राम्रो उत्पादन होस् र सबै किसानको जीवनमा सुख, समृद्धि तथा खुसी छाओस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्