रोटर्याक्ट क्लब अफ लमहीको दोस्रो पदस्थापन, अध्यक्षममा भुसाल चयन

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३ श्रावण २०८३, आईतवार
2 Min Read
Aa

दाङ – रोटर्याक्ट क्लब अफ लमहीको दोस्रो पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा रोटरी वर्ष २०२६/२७ का लागि रोटर्याक्टर निमलाल भुसाललाई अध्यक्ष पदमा पदस्थापन गरिएको छ । कार्यक्रमको उद्घाटन रोटरी डिस्ट्रिक्ट ३२९२ का सहायक गभर्नर रोटेरियन सनतकुमार श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा डिस्ट्रिक्ट रोटर्याक्ट प्रतिनिधि निराजन अर्याल, वडा प्रहरी कार्यालय लमहीका प्रमुख रमेश तिमिल्सिना, रोटरी क्लब अफ लमहीका चार्टर अध्यक्ष रोटेरियन रबिलाल आचार्य, रोटरी क्लब अफ लमहीका अध्यक्ष रोटेरियन लोकमान रिजाल, निवर्तमान अध्यक्ष रोटर्याक्टर रुपक खनाललगायतकाे सहभागिता रहेको थियो ।

समारोहमा बोल्ने वक्ताहरूले रोटर्याक्ट क्लब अफ लमहीले स्थापना भएको छोटो समयमै सामाजिक सेवा, युवा नेतृत्व विकास र सामुदायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेका थिए ।

नवनियुक्त अध्यक्ष निमलाल भुसालले क्लबलाई सामाजिक उत्तरदायित्व, युवा सहभागिता र सेवामूलक गतिविधिको माध्यमबाट थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

रोटर्याक्ट क्लब अफ लमहीको नयाँ कार्यसमितिमा अध्यक्षमा निमलाल भुसाल, इमिडियट पास्ट प्रेसिडेन्ट तथा सार्वजनिक छवि संयोजकमा रुपक खनाल, उपाध्यक्षमा दीपक भुसाल र मुस्कान केसी, सचिवमा दीप केसी, क्लब सेवा संयोजकमा शिवम बिष्ट, कोषाध्यक्षमा सन्दीप साह चयन भएका छन ।

त्यसैगरी युवा मार्गदर्शक सम्पर्क संयोजकमा किरण खनाल, सिकाइ सहजीकरण तथा अनुशासन संयोजकमा बिदुर शर्मा, क्लब स्वास्थ्य संयोजकमा डा. सागर विक्रम पाण्डेय, मैत्री संयोजकमा प्रकाश रेग्मी, व्यवसायिक सेवा संयोजक तथा संयुक्त कोषाध्यक्षमा मोहन खड्का र इन्टर्याक्ट संयोजक तथा संयुक्त सचिवमा सबिना जीसी रहेका छन ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्