भालुवाङमा इभीको ठक्करबाट ३१ वर्षीया महिलाको मृत्यु

दाङ समाचार
दाङ समाचार ४ भाद्र २०८३, बिहीबार
1 Min Read
Aa

दाङ – राप्ती गाउँपालिका १ पुरानो बजार भालुवाङमा इभीको ठक्करबाट ३१ वर्षीया सम्झना केसीको घटनास्थलमै मृत्यु भएको छ ।

कपिलवस्तुको कृष्णनगरबाट प्युठानको भिङ्ग्रीतर्फ जाँदै गरेको लु प्र.०२–००२–००१ ज ०१०८ नम्बरको इभीले पेट्रोल पम्प अगाडि रा ४ प ५८३० नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटीको पछाडि सवार २१ वर्षीय अभिषेक कुमाल घाइते भएका छन । उनको थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्