नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन – गगन थापा

दाङ समाचार
दाङ समाचार ४ भाद्र २०८३, बिहीबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ आवश्यक नरहेको बताउनुभयो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश जनताबाट प्राप्त गरेको भन्दै उसलाई पाँच वर्ष काम गर्ने अवसर दिनुपर्ने धारणा राख्नुभयो। पाँच वर्षपछि कांग्रेसले सरकार सञ्चालन गर्ने गरी आफूहरूले तयारी गरिरहेको उहाँले बताउनुभयो ।

सभापति थापाले विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिक्दै आफूहरूलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै नयाँ राजनीतिक शक्तिहरूलाई पनि पुराना दलहरूले गरेका गल्ती र भोगेका संकटबाट पाठ सिक्दै त्यस्ता गल्ती नदोहोर्‍याउन सुझाव दिनुभयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्