देउखुरी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २२ भाद्र २०८३, सोमबार
2 Min Read
Aa

दाङ– देउखुरी उद्योग वाणिज्य संघको अध्यक्षमा ईश्वर प्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षसहित कार्यसमितिका सम्पूर्ण पदमा आवश्यक संख्याभन्दा बढी उम्मेदवारी नपरेपछि निर्वाचनको प्रतिस्पर्धात्मक प्रक्रिया बिना नै नयाँ नेतृत्व चयन भएको हो ।

निर्वाचन समितिका संयोजक शिव ओलीका अनुसार तोकिएको समयसीमाभित्र प्रत्येक पदमा एक/एक जनाको मात्र उम्मेदवारी परेको थियो । उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्तालगायतका प्रक्रिया पूरा भएपछि अन्तिम नामावली सार्वजनिक गर्दै सबै उम्मेदवारलाई सम्बन्धित पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको उनले बताए ।

संघको वरिष्ठ उपाध्यक्षमा सारदा सुवेदी, महिला उपाध्यक्षमा मेनका केसी, उद्योग उपाध्यक्षमा डिल्लीराज खनाल तथा वाणिज्य उपाध्यक्षमा विष्णु प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा सुदिप पाण्डेय, कोषाध्यक्षमा अब्जल अली, सचिवमा बुद्धिराम भुसाल तथा सह–कोषाध्यक्षमा अकबर अली निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यतर्फ पनि सबै उम्मेदवार निर्विरोध चयन भएका छन् । उद्योग सदस्यमा डिल्लीराज अधिकारी, वाणिज्य सदस्यमा सुन्दर केसी र थम्मन चौधरी, तथा महिला सदस्यमा राधा खनाल र एलिजा गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै खुला सदस्य पदमा खिमलाल खनाल, राकेश चौधरी, विस्नी कुमारी बस्नेत, झपेन्द्र बहादुर वली क्षेत्री र सुनील मन्त्री निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनका लागि उम्मेदवारी दर्ताको सम्पूर्ण प्रक्रिया पूरा भई अन्तिम नामावली प्रकाशन गर्दा सबै पदमा एकल उम्मेदवारी कायम रहेकाले मतदानको आवश्यकता नपरेको हो । यससँगै आगामी भदौ २७ गते निर्वाचन हुने भनिए पनि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएपछि संघले नयाँ नेतृत्व पाएको छ ।

निर्वाचन समितिले निर्विरोध निर्वाचित हुने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गर्दै आगामी कार्यक्रमका सम्बन्धमा थप जानकारी गराइने जनाएको छ । निर्वाचित पदाधिकारीहरूको औपचारिक घोषणा तथा सपथ ग्रहण कार्यक्रमलगायतका विषयमा संघको कार्यालयबाट अर्को सूचना जारी गरी जानकारी गराइने निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्वले देउखुरी क्षेत्रका उद्योगी, व्यवसायी तथा व्यापारीहरूको हकहित संरक्षण, स्थानीय उद्योग व्यवसायको प्रवर्द्धन र समग्र आर्थिक विकासका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने आशा गरिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्