दाङ – कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा बस र ट्रक ठोकिँदा बस चालकको मृत्यु भएको छ । शुक्रबार बिहान भएको दुर्घटनामा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३-००१ ख ००९९ नम्बरको बस चोरखोलामा एकआपसमा ठोक्किएका हुन । दुर्घटनामा गम्भीर घाइते भएका बस चालक खत्रीको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्