गोरखा मोडेल स्कुल लमहीमा शिक्षक अभिमुखीकरण

दाङ समाचार
दाङ समाचार ६ बैशाख २०८२, शनिबार
1 Min Read
Aa

दाङ – गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीमा नयाँ शैक्षिकसत्रका लागि शिक्षकहरुलाई अभिमुखीकरण गरिएको छ । कार्यक्रममा गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्ती मगरले मातृभूमिको सेवा गर्नुपर्छ भन्ने भावनाका साथ बेलायती सेनामा कार्यरत नेपालीहरुले स्थापना गरेको गोरखा गुणस्तरीय शिक्षाको केन्द्र बन्दै गएकोमा खुसी व्यक्त गर्नुभयो ।

तीन सय विद्यार्थीबाट शैक्षिक यात्रा सुरु गरेको गोरखा ग्रुपले अहिले दश हजार बढी विद्यार्थी पढाइरहेको जानकारी दिनुभयो । गोरखा ग्रुपका मानव संशाधन प्रमुख उत्तम घिमिरेले राम्रा विद्यार्थी उत्पादन गर्न शिक्षक राम्रो हुनुपर्ने उल्लेख गर्दै विद्यार्थीलाई राम्रो पढाउन शिक्षकले धेरै पढ्नुपर्ने बताउनुभयो । आफूले उत्पादन गरेका विद्यार्थी हरेक क्षेत्रमा अब्बल हुनेछन् भन्ने भावनाका साथ शिक्षण कार्य अघि बढाउन उहाँले आग्रह गर्नुभयो ।

अभिमुखीकरणमा विभिन्न विषयका बिज्ञले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम सहजीकरण प्राचार्य लोकमान रिजालले गर्नुभएको थियो। गोरखा मोडेल स्कुल लमहीमा दुई हजार बढी विद्यार्थीले अध्ययन गर्छन् भने ११४ जना शिक्षक कार्यरत छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्