दाङ – राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ सालमा सञ्चालन गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लमही नगरपालिका अन्तर्गतका विद्यालयहरूको नतिजा सार्वजनिक भएको छ । यस वर्ष सामुदायिक विद्यालयतर्फ बगार बाबा माध्यामिक विद्यालय, रिहार र संस्थागत विद्यालयतर्फ गोरखा मोडेल सेकेन्डरी स्कुल, लमही नगरपालिकामा प्रथम भएका छन ।
बगार बाबा माध्यामिक विद्यालयले ७५ प्रतिशत अंक प्राप्त गर्दै प्रथम स्थान हाँसिल गरेको हो । २० जना बालबालिका परीक्षामा सहभागी भएका मध्ये १५ जना बालबालिका उतिर्ण भएको विद्यालयका प्रधानाध्यापक यम बहादुर बस्नेतले जानकारी दिएका छन । त्यसैगरी माध्यामिक विद्यालय सोनपुरले ६९.२३ प्रतिशत अंक ल्याएर दोस्रो भएको छ । यो विद्यालयबाट १३ जना बालबालिका परिक्षामा सहभागी भएता पनि ९ जना विद्यार्थी मात्र उतिर्ण भए ।
त्यस्तै माध्यामिक विद्यालय फल्कापुरले ५८.७५ प्रतिशत अंक ल्याएर पालिका तेस्रो भएको छ । यो विद्यालयबाट ८० जना बालबालिका परिक्षामा सम्मिलित भएका थिए भने ४७ जना मात्र उतिर्ण भएका छन । अर्जुन माध्यामिक विद्यालय हसनापुरले ५२.६३ प्रतिशत अंक प्राप्त गरेको छ । १९ जना बालबालिकाले एसईई परिक्षा दिएका थिए भने १० जना मात्र उतिर्ण भएका छन । त्यसैगरी खीम बहादुर शाह माध्यामिक विद्यालयले ५० प्रतिशत अंक ल्याएको छ । २८ जना बालबालिका सहभागी मध्ये १४ जना मात्र विद्यार्थी उतिर्ण भएका छन । माध्यामिक विद्यालय अमिलियाले पनि ५० प्रतिशत अंक ल्याएको छ । १० जना बालबालिका मध्ये ५ जना उतिर्ण भएका छन ।
बाल जनता माध्यामिक विद्यालय वनगाउँबाट ५२ जना बालबालिकाले परिक्षा दिएका थिए त्यस मध्ये २५ जना विद्यार्थी मात्र उतिर्ण भएका छन । यो विद्यालयले ४८.०८ प्रतिशत अंक ल्याएको छ । आदर्श नमूना अमाध्यामिक विद्यालय देउपुरले ४५.७८ प्रतिशत अंक ल्याएको छ । यो विद्यालय बाट १ सय ६६ जना बालबालिका परिक्षामा सम्मिलित भएका थिए भने जम्मा ७६ जना मात्र उतिर्ण भएका छन । राप्ती माध्यामिक विद्यालय उच्चानिम्बुले सबै भन्दा थोरै अंक ल्याएको छ । यो विद्यालयले जम्मा ३६ प्रतिशत अंक ल्याएको हो । ५० जना बालबालिकाले एसईई परिक्ष दिएका थिए तर १८ जना मात्र उतिर्ण भएका छन ।
संस्थागत विद्यालयतर्फ लमहीको गोरखा स्कुल पालिका प्रथम
राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लमही नगरपालिका-६ स्थित गोरखा मोडेल सेकेन्डरी स्कुल संस्थागत विद्यालयतर्फबाट पहिलो स्थान हासिल गर्न सफल भएको छ ।
लमही नगरपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको विवरणअनुसार गोरखा मोडेल स्कुलले ९४.४ प्रतिशत अंकसहित पालिकामा प्रथम स्थान हासिल गरेको हो । कूल १२५ जना सहभागी विद्यार्थीमध्ये ११८ जना उत्तीर्ण भएका छन ।
सोही विद्यालयका मिलन खनालले ४.० जीपीए हासिल गरेका छन । त्यसैगरि सनलाइट मोर्डन स्कुल लमहीकी छात्रा जेसिका शर्माले ४ जिपीए, पब्लिक एजुकेसन एकेडेमी लालमटियाबाट पनि एक जना छात्राले ४ जिपीए ल्याउन सफल भएका छन ।
त्यस्तै, जइन्द्र इङ्लिस बोर्डिङ स्कुलले ९३.३३ प्रतिशत अंकसहित दोस्रो स्थान प्राप्त गरेको छ । सो विद्यालयका ३० जना विद्यार्थी सहभागी भएकोमा २८ जना उत्तीर्ण भएका थिए ।
तेस्रो स्थानमा देउखुरी पब्लिक स्कुल रह्यो, जसले ९२.८६ प्रतिशत अंक प्राप्त गर्यो । सो विद्यालयबाट १४ जना परीक्षार्थी सहभागी भएकोमा १३ जना उत्तीर्ण भएका थिए ।
त्यसैगरी, रोजी बड्स बालबाटिका माध्यामिक विद्यालयले ९२.३१ प्रतिशत अंक प्राप्त गरेको छ । ६५ जना सहभागी विद्यार्थीमध्ये ६० जना उत्तीर्ण भएका छन । ज्योतिष्मती विद्यापीठले ९०.४८ प्रतिशत अंक ल्याएको छ । सो विद्यालयबाट ४२ जना सहभागी भएका थिए, जसमा ३८ जना उत्तीर्ण भएका छन ।
सनलाइट मोर्डन सेकेन्डरी स्कुलले ८७.५ प्रतिशत अंक प्राप्त गरेको छ । परीक्षामा ५६ जना सहभागी भएपनि ४९ जना मात्र उत्तीर्ण भएका छन ।लमही नगरपालिका–८ मा रहेको राप्ती ग्यालेक्सी बोर्डिङ स्कुलले ६५.३८ प्रतिशत अंक प्राप्त गरेको छ । सो विद्यालयबाट २६ जना सहभागी भएकामा १७ जना मात्र उत्तीर्ण भएका छन ।
स्कुल अफ स्टीम एजुकेशनले ५३.८५ प्रतिशत अंकसहित सबैभन्दा कम सफलता दर देखाएको छ । सो विद्यालयका १३ जना विद्यार्थी सहभागी भएका थिए, जसमा ७ जना मात्र उत्तीर्ण भएका छन ।

प्रतिक्रिया दिनुहोस्