दाङ – चर्चित लोक तथा दोहोरी गायिका सुनितामी परियारको कर्णप्रिय आवाजमा नयाँ तीज गीत ‘सिउँदोमा सिन्दुर’ सार्वजनिक भएको छ । गीतको शब्द विमल कौशल र लक्ष्मण रायमाझीले लेखेका हुन । सुनितामी परियारसँगै संगीता परियारको पनि उक्त गीतमा स्वर रहेको छ ।
लक्ष्मण रायमाझीको लयमा आधारित यस गीतको संगीत संयोजन महेश विक्रम पाण्डेले गरेका छन । भिडियोमा निरु कोइरालाको आकर्षक अभिनय देख्न सकिन्छ । निर्देशन कर्ण चापागाईंले गरेका हुन भने हरिश विश्वकर्माले कोरियोग्राफीको काम गरेका छन । ‘सिउँदोमा सिन्दुर’ यो तीज गीतमा मौलिक कथा वस्तु समेटेर तयार गरिएको छ ।
यो गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्