दाङ – राजपुर गाउँपालिका–७ मा अवस्थित माध्यमिक विद्यालय सिक्टाका निमित्त प्रधानाध्यापक विष्णु खत्रीले भदौ महिनासम्म हाजिरी गरेको तथ्य सार्वजनिक भएको छ । सञ्चार माध्यमलाई प्राप्त प्रमाणअनुसार उनले भदौ २ गतेसम्म विद्यालयमा हाजिरी गरेका छन ।
प्राप्त रेकर्डअनुसार, साउन महिनामा खत्रीले २६ गतेसम्म जम्मा १२ दिन मात्र विद्यालयमा उपस्थिती जनाएका थिए । भदौ २ गतेसम्मको हाजिरीबारे सोध्दा राजपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशव लम्सालले आफू यसबारे जानकार नभएको बताए। “म अहिले कामको सिलसिलामा जिल्ला बाहिर छु। कार्यालय फर्किएपछि सत्यतथ्य बुझ्छु,” उनले भने ।
शिक्षा क्षेत्रमा यस्ता हाजिरी अनियमितता र नीति–नियम उल्लङ्घनका घटनाले विद्यालयको शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर पार्ने विशेषज्ञहरूको धारणा छ । कानूनी प्रावधानअनुसार, यस्ता कार्यमा संलग्न कर्मचारी प्रमाणित भएमा विभागीय कारबाही हुने व्यवस्था छ, जसमा चेतावनीदेखि निलम्बन र सेवाबाट बर्खास्तीसमेत हुन सक्छ ।
हाजिरीको विषयमा निमित्त प्रधानाध्यापक विष्णु खत्रीले पनि सामाजिक संजालमा टिप्पणी गरेका छन । झुक्किएर हाजिरी लाग्न गएको कुरालाई अतिरन्जित गर्न खोज्नु लज्जास्पद भएको बताएका छन । खत्री लेख्छन ‘दुलोमा बसेको सर्पलाई चलाउदा के हुन्छ ख्याल गर्नु ! म आफै आफ्नो गन्तव्य निर्माण गर्दैछु । कसैका दवाब र उल्झन सहने बानि छैन, फेरी गतिलै युद्ध गर्न बाध्य नपारौं ल श्री ४ हरु ।

प्रतिक्रिया दिनुहोस्