दाङ – राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्ससहितको स्वास्थ्यकर्मीको टोलीले बुधबार एक जना बिरामीको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले यसैबर्ष न्युरो सर्जरी सम्बन्धि सबै उपकरण ब्यबस्थापन हुने बताए ।
उनले न्युरो सर्जरी सम्बन्धि उपकरण खरिद गर्न सरकारले १४ करोडको बजेट बिनियोजन गरेको जानकारी दिए । त्यस्तै रजिस्ट्रार लम्सालले मुटु रोग उपचारको लागि १० करोड क्याथ ल्याब मेसिन खरीद भएको र भदौमा जडान हुने बताए । साथै उनले ४ अर्ब ५१ करोड लागतको ४ शैया अस्पताल पनि यसै आबमा निर्माण शुरु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्