दाङ – न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल-११, रुपन्देहीले आयोजना गरेको न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत दाङ केन्द्रमा सम्पन्न सेमिफाइनलबाट दुई विद्यालय छनोट भएका छन् ।
४० विद्यालय सहभागी रहेको प्रतियोगितामा छनोट भएका ६ विद्यालयबीच सेमिफाइनल प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धाबाट मेचिकमली सेकेन्डरी स्कूल घोराही पहिलो र नवज्योति जनता अंग्रेजी विद्यालय बबई दोस्रो भएका छन् । अब मंसिर १३ गते हुने फाइनल राउन्डमा यी दुई विद्यालयले दाङ केन्द्रको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् ।
हाजिरी जवाफ प्रतियोगिता पाल्पा, बुटवल र दाङ गरी तीन केन्द्रबाट सञ्चालन गरिएको थियो । दाङ केन्द्रमा भएको कार्यक्रम विद्यालयका उपप्राचार्य बासुदेव अर्यालको अध्यक्षता तथा लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको थियो ।
कार्यक्रमको सहजीकरण विद्यालयका कक्षा दशका संयोजक प्रकाश गौतम, प्रकाश खनाल र केन्द्र संयोजक निशेध कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्