राजपुरमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, शिल्ड जनज्योति माध्यमिक विद्यालय मटेरियाको पोल्टामा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २८ मंसिर २०८२, शनिबार
2 Min Read
Aa

दाङ – राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकामा संचालन रहेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

राजपुर गाउँपालिकाको आयोजना तथा शिवशक्ती माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न भएको प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय मटेरियाले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको रनिङ शिल्डहरु हात पारेको हो ।

जसमा जनज्योति माध्यमिक विद्यालय मटेरियाले १० स्वर्ण, ७ रजत र २ काश्य सहित अग्रस्थान हाँसिल गर्‍यो । सोहीअनुसार साधारण माध्यमिक विद्यालय सालभौरीले ८ स्वर्ण, ३ रजत र ९ काश्यसहित दोस्रो हुन् सफल भएको छ । त्यस्तै माध्यमिक विद्यालय दुलैयाले ४ स्वर्ण, ९ रजत र ६ काश्य प्राप्त गर्दै तेस्रो भएको भएको राजपुर गाउँपालिका शिक्षा शाखा प्रमुख वासुदेव खनालले जानकारी दिए ।

त्यस्तै गौरीशंकर माध्यमिक विद्यालय भैंसाहीनाकाले २ स्वर्ण, २ रजत, २ काश्य, शिवशक्ति माध्यमिक विद्यालय भौवानाकाले २ स्वर्ण, ३ रजत,१ काश्य, बालकल्याण माध्यमिक विद्यालय खाङ्ग्रानाकाले १ स्वर्ण, १ रजत, ४ काश्य, माध्यमिक विद्यालय सिक्टाले १ स्वर्ण, ४ रजत, २ काश्य, ज्योति आधारभूत विद्यालय गुरुङखोलाले १ स्वर्ण, १ रजत, शंकर माध्यमिक विद्यालय खरदरियाले ३ रजत, ४ काश्य, र युगबोध आधारभूत विद्यालय सुनपत्रीनाकाले १ रजत पदक हात पारेका छन । त्यस्तै मार्चपास तर्फ माध्यमिक विद्यालय सिक्टा प्रथम , जनज्योति माध्यमिक विद्यालय मटेरिया द्वितीय र बालकल्याण माध्यमिक विद्यालय खाङ्ग्रानाका तृतीय भएका थिए । अघिल्लो वर्ष पनि माध्यमिक विद्यालय सिक्टा नै प्रथम भएको थियो ।

राजपुर गाउँपालिका शिक्षा शाखा अधिकृत बासु खनालले खेल सफल बनाउन आ–आफ्नो स्थानबाट सहयोग पुर्‍याउने सम्पूर्णप्रति आभार प्रकट गरेका छन । उनले रनिङशिल्डले दुर्गम क्षेत्रका विद्यार्थीको प्रतिभा प्रदर्शन र खेलकुदप्रतिको चासो बढाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै आगामी संस्करणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्