बस दुर्घटनापछि लामो समयदेखि बिरामीले थलिएका दीपक चौधरीलाई युवाहरुको सहयोग

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ११ माघ २०८२, शनिबार
1 Min Read
Aa

दाङ – बस दुर्घटनापछि लामो समयदेखि उपचाररत लमही नगरपालिका–८, बिच्का गाउँ निवासी २३ वर्षीय दीपक चौधरीलाई नेपाली काङ्ग्रेसका मनकारी युवाहरूले सहयोग गरेका छन ।

उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उपचार र आराममा सहयोग पुग्ने गरी फोल्डिङ मेडिकल बेड प्रदान गर्नुका साथै फलफूल खरिदका लागि काङ्ग्रेसी मनका युवाहरूबाट संकलित नगद ९ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य तथा लमही नगरपालिका–४ का वडा अध्यक्ष सुवाश न्यौपाने, फ्लोरेन्स अस्पतालका सञ्चालक पुष्प भुसाल, लमही नगर सभापति सन्तोष बुढाथोकी, लमही नगरपालिका–८ का सभापति यादवनाथ योगी, क्षेत्रीय सदस्य तिलक बुढाथोकी, वडा नम्बर–८ का वडा सदस्य राजकुमार चौधरी, वडा नम्बर–५ का वडा सभापति रवि श्रेष्ठ, लमही नगर सचिव प्रेम कालाथोकी, प्रवक्ता विवेक भण्डारी, क्षेत्रीय प्रतिनिधि राजेन्द्र श्रेष्ठ, क्रियाशील सदस्य माधव खनाल, उत्तम बस्नेत र विनोद घिमिरेलगायत काङ्ग्रेसीजनको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस लमाहे नगरपालिका वडा नम्बर ८ का सभापति यादव नाथ योगी, क्षेत्रीय सदस्य तिलक बुढाथोकी लगायतको विशेष पहलमा सामग्री प्रदान गरिएको नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकीले जानकारी दिनु भयो । काङ्ग्रेसजनले पीडितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक परे आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्