जनताको अधिकार, स्वतन्त्रता र समानताको सुनिश्चितता गर्नु आजको प्रमुख दायित्व – योगेन्द्र चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ७ फाल्गुन २०८२, बिहीबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका सहमहामन्त्री तथा दाङ क्षेत्र नम्बर १ का उम्मेदवार योगेन्द्र चौधरीले राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

चौधरीले राष्ट्रिय प्रजातन्त्र दिवस नेपाली जनताको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप स्थापित प्रजातान्त्रिक व्यवस्थाको स्मरण गर्ने महत्वपूर्ण दिन भएको उल्लेख गर्नुभएको छ । उहाँले प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा बेपत्ता योद्धाहरूको योगदानको उच्च कदर गर्नुभएको छ ।

उहाँले लोकतन्त्रको सुदृढीकरण, विधिको शासन, सुशासन र समृद्धिको यात्रामा सबै राजनीतिक दल तथा नागरिक एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । साथै प्रजातन्त्रलाई व्यवहारमा बलियो बनाउँदै जनताको अधिकार, स्वतन्त्रता र समानताको सुनिश्चितता गर्नु आजको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

चौधरीले राष्ट्रिय प्रजातन्त्र दिवसले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, एकता र राष्ट्रप्रेमको भावना अझ सुदृढ बनाओस् भन्ने कामना व्यक्त गर्दै सम्पूर्ण दाङवासी तथा देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्