दाङ – लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले चैते दसैंको अवसरमा सम्पूर्ण लमही नगरबासीमा शुभकामना व्यक्त गर्नुभएको छ । योगीले शुभकामना व्यक्त गर्दै चैते दसैंले नेपाली समाजमा आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले यस पर्वले सबै नगरबासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै परम्परागत चाडपर्वको संरक्षण र प्रवर्द्धनमा सबैले हातेमालो गर्नुपर्ने उल्लेख गर्नुभयो ।
साथै उहाँले चैते दसैं जस्ता पर्वहरूले समाजमा सकारात्मक ऊर्जा थप्ने भएकाले आपसी भाइचारा कायम राख्दै सुरक्षित र मर्यादित रूपमा पर्व मनाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्