रासायनिक मल ढुवानी गरेको गाडी दुर्घटना, चार मध्ये एकको अवस्था चिन्ताजनक

दाङ समाचार
दाङ समाचार १३ श्रावण २०८३, बुधबार
1 Min Read
Aa

दाङ – कोइलाबासबाट कपिलवस्तु जाँदै गरेको रासायनिक मल बोकेको लु २ च ९१३९ नम्बर बोलेर गाडी गढवा गाउँपालिका -५ चिसापानीमा दुर्घटना हुँदा चार जना घाइते भएका छन ।

घाइते हुनेमा गढवा गाउँपालिका -६ कुमाल गाउँका २९ वर्षिय निरज कुमाल, सोहि गाउँ बस्ने अन्दाजी ३२ वर्षिय सागर कुमाल, कपिलवस्तु जिल्ला कृष्ण नगर नगरपालिका -१० बस्ने वर्ष ४७ वर्षिय साहिद अलि भन्ने मैराज अहमद खान र जिल्ला कपिलवस्तु विजयनगर गाउँपालिका -३ बस्ने ४४ वर्षिय इसरार अहमद खान रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दुर्घटनामा सागर कुमालको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाई छ । उनलाई लमही अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि घोराही रिफर गरिएको छ ।

दुर्घटना बुधबार अपरान्ह चार बजेको समयमा भएको हो । दाङको कोइलाबास भन्सार कार्यालयले लिलाम बिक्रि गरेको रासायनिक मल कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका-३ स्थित रहेको एकीकृत कृषि फर्मले युरिया मल २६ बोरा र २३ बोरा डिएपी गरि ४९ बोरा मल खरिद गरि लैजादै गर्दा दुर्घटना भएको थियो ।

दुर्घटना पछी गाडी चालक फरार रहेका छन । सामान्य घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्