संघको १३ औँ अधिवेशन तथा २३ औँ साधारण सभा भदौ १३ गते

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २८ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

दाङ – देउखुरी उद्योग वाणिज्य संघको १३ औँ अधिवेशन तथा २३ औँ साधारण सभा आगामी भदौ १३ गते शनिबार गर्ने निर्णय भएको छ । आज साउन २८ गते संघका अध्यक्ष कमल जंग सिंह ठकुरीको अध्यक्षतामा बसेको बैठकले अधिवेशन तथा साधारण सभा भदौ १३ गते गर्ने निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०८२/०८३ का वैध सदस्यहरूको सदस्यता नवीकरणका लागि २०८३/ ८४ भदौ ५ गतेसम्मको समयसमेत तोकेको छ ।

संघका अध्यक्ष कमल जंग सिंह ठकुरीका अनुसार अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइनेछ । उहाँले संघलाई थप सुदृढ बनाउँदै सदस्यहरूको हकहित र व्यावसायिक एकताका लागि अधिवेशन महत्वपूर्ण हुने बताउनुभयो ।

“संघको अधिवेशन र साधारण सभा निर्धारित मितिमै सम्पन्न गर्ने गरी तयारी अघि बढाएका छौँ । वैध सदस्यहरूले भदौ ५ गतेभित्र आफ्नो सदस्यता नवीकरण गरिसक्नुपर्छ,” अध्यक्ष ठकुरीले भन्नुभयो ।

उहाँले सबै सदस्यलाई तोकिएको समयभित्र सदस्यता नवीकरण गरी अधिवेशनमा सक्रिय सहभागिता जनाउनसमेत आग्रह गर्नुभयो । बैठकले अधिवेशन तथा साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न आवश्यक अन्य तयारी र व्यवस्थापनका कामसमेत अघि बढाउने निर्णय गरेको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्