लमहीमा खुल्यो मोनिका ब्युटी एण्ड मेकअप स्टुडियो

दाङ समाचार
दाङ समाचार ४ भाद्र २०८३, बिहीबार
1 Min Read
Aa

दाङ – लमहीमा मोनिका ब्युटी एण्ड मेकअप स्टुडियो सञ्चालनमा आएको छ । लमही नगरपालिका–५ देउपुर रोडमा स्थापना गरिएको उक्त मेकअप स्टुडियो आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

स्टुडियोको उद्घाटन देउखुरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज पोख्रेल, चेम्बर अफ कमर्स लमहीका महासचिव नारायण प्रसाद भुसाल, कुमार घर्ती मगर र तेज प्रसाद आचार्य लगायतले संयुक्त रूपमा गर्नुभएको हो ।

लमहीमा सञ्चालनमा आएको मोनिका ब्युटी एण्ड मेकअप स्टुडियोमा सौन्दर्य तथा मेकअपसम्बन्धी विभिन्न सेवाहरू उपलब्ध हुने सञ्चालक आशा घर्ती मगरले जानकारी दिनु भयो । आधुनिक सुविधा तथा अनुभवी जनशक्तिमार्फत ग्राहकलाई गुणस्तरीय सौन्दर्य सेवा प्रदान गर्ने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याइएको उहाँको भनाई छ ।

मोनिका ब्युटी एण्ड मेकअप स्टुडियो आशा घर्ती मगरले सञ्चालनमा ल्याउनुभएको हो । स्थानीयस्तरमै गुणस्तरीय सौन्दर्य तथा मेकअप सेवा उपलब्ध गराउने लक्ष्यसहित स्टुडियो सञ्चालनमा ल्याइएको सञ्चालक घर्ती मगरले बताउनुभयो । साथै उक्त स्टुडियोमा मेकअप, स्किन कियर, हेयर ट्रीटमेन्ट, नेल आर्ट, ल्यासेस लगायत ब्युटी पार्लर सम्बन्धि सेवा प्रदान हुने छ ।

नयाँ व्यवसायका रूपमा सञ्चालनमा आएको स्टुडियोले लमही तथा आसपासका क्षेत्रका ग्राहकलाई सहज र गुणस्तरीय सौन्दर्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्