भोटेकोसी बाढीपीडितलाई लमही नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ११ भाद्र २०८३, बिहीबार
1 Min Read
Aa

दाङ – भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि लमही नगरपालिकाले ( जनप्रतिनिधि तथा कर्मचारी ) १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत बाढीपीडितको राहतका लागि नगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी गराइएको हो ।

भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारहरू संकटमा परेका बेला स्थानीय सरकारको तर्फबाट मानवीय सहयोगस्वरूप उक्त रकम उपलब्ध गराउन लागिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै अन्य निकाय, संघसंस्था तथा नागरिकलाई समेत मानवीय सहयोगमा जुट्न आग्रह गरेको छ ।

Open photo

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्