बाढीपहिरो पीडितका लागि गोरखा समूहद्वारा १० लाखभन्दा बढी सहयोग

दाङ समाचार
दाङ समाचार १५ भाद्र २०८३, सोमबार
1 Min Read
Aa

दाङ – बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दाङमा सञ्चालित गोरखा समूहअन्तर्गतका विभिन्न विद्यालय, कलेज तथा अस्पतालले १० लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन ।

गोरखा समूहअन्तर्गतका विभिन्न संस्था, शिक्षक तथा कर्मचारीबाट संकलित १० लाख १ हजार १ सय ४७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो ।

सहयोग रकममध्ये गोरखा स्कुल घोराहीबाट २ लाख ५३ हजार, गोरखा स्कुल तुलसीपुरबाट २ लाख ३१ हजार ४ सय ४५ रुपैयाँ, गोरखा स्कुल लमहीबाट १ लाख ५६ हजार र गोरखा स्कुल लालमटियाबाट ७९ हजार सहयोग गरिएको छ ।

त्यस्तै गोरखा रेसिडेन्सियल स्कुलबाट ४५ हजार १ सय ३३ रुपैयाँ, भिक्टोरिया कलेजबाट ५० हजार ४ सय ५८ रुपैयाँ, गोरखा मोडल कलेजबाट ५० हजार तथा स्वर्णिम देउखुरी कलेजबाट ३५ हजार सहयोग गरिएको छ । यसैगरी गोरखा पब्लिक हस्पिटलबाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्