दाङका प्रहरी प्रमुख एसपी श्रेष्ठको सरुवा, नयाँ प्रमुखमा अर्याल आउँदै

दाङ समाचार
दाङ समाचार १० मंसिर २०८३, बुधबार
1 Min Read
Aa

दाङ– जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक श्रेष्ठको सरुवा भएको छ । श्रेष्ठको नेपाल प्रहरी विशेष सुरक्षा गण, रातमाटे मकवानपुरमा सरुवा भएको हो ।

श्रेष्ठको सरुवासँगै जिल्ला प्रहरी कार्यालय दाङको नयाँ प्रहरी प्रमुखका रूपमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा कास्कीमा कार्यरत प्रहरी उपरीक्षक श्यामु अर्याल आउने भएका छन् ।

सरकारले एकैपटक ६० जिल्लाका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । सोही निर्णयअनुसार दाङका प्रहरी प्रमुख श्रेष्ठको सरुवा भएको हो भने उनको स्थानमा अर्याल आउन लागेका हुन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्