मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उनले विदेशिएका नेपालीहरुले सो अधिकार गुमाइरहेका बताइन् । उनले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्ने कुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भूमिमा हुने नेपालीलाई मतदानको अधिकार दिन सरकारसँग माग गरिन् ।
उनले भनिन्, ‘विदेशमा बस्ने नेपालीलाई मतदान गर्ने अधिकार दिनुपर्छ भनेर सर्वोच्च अदालतले २०७५ भदौ महिनामा फैसला गरेको छ । स्थानीय तहको निर्वाचन हामीले गरिसक्यौँ । नागरिकको सबभन्दा ठुलो अधिकार भनेको मतदान गर्ने अधिकार हो । मतदान गर्न पाउने उसको नैसर्गिक अधिकार हो ।
मौलिक हकमा पनि छ । नैसर्गिक अधिकारलाई नेपाली नागरिकले गुमाइ राखेका छन् । विदेशमा बस्ने नेपालीहरुले यदी त्यही देशको नागरिकता लिएको छ र हाम्रो मुलुकको नागरिकता छोडेको छ भने अर्कै कुरा हो । नभए बाध्यतावश सबै नागरिकहरु यहाँ आएर मतदान गर्न सक्दैनन् ।
विदेशमा बस्ने नेपालीले मताधिकार गर्ने अधिकार नपाउनु भनेको गम्भिर विषय हो । त्यसैले कुल मतदाताको २० प्रतिशत प्रवासमा बसेका छन् । म गम्भीरताका साथ आफ्नो कुरा सम्माननीय अध्यक्ष मार्फत् सम्बन्धित निकायमा राख्न चाहान्छु । ति नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्ने कुरा न्यायको हिसाबले उपयुक्त छैन ।’ उनले किसानहरुलाई मलको अभाव भएकाले सरकारले तुरुन्त मलको व्यवस्था गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्