नेपालका विमानस्थलमा बँदेल, स्याल र कागको आतंक

दाङ समाचार
दाङ समाचार २९ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपालका विमानस्थलमा बँदेल, स्याल तथा कागको आतंक बढ्दै गएको देखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत असोजमा गठन गरेको उडान सुरक्षा छानबिन समितिले बुझाएको प्रतिवेदनले पछिल्ला वर्षहरुमा विमानस्थलमा जनावर र चराको आतंक बढ्दो क्रममा रहेको देखाएको छ ।

खासगरी कोरोना महामारीको समयमा विमान कम चलेको समयमा बाहेक विमानस्थलहरुमा जनावर र चराको आतंक निरन्तर रहेको देखिएको छ ।

नेपालका विमास्थलमध्ये काठमाडौंमा कागको आतंक धेरै देखिने गरेको छ । भैरहवा, नेपालगञ्ज र विराटनगर भने वन्यजन्तुका कारण असुरक्षित देखिएका छन् ।

यी विमानस्थलमा बँदेल, स्यालजस्ता जनावरसँग जहाज ठोक्किने घटना धेरै भइरहेका छन् । समितिको प्रतिवेदनले भनेको छ, ‘वन्यजन्तुको क्रियाकलापका कारण हवाई सुरक्षामा चुनौती र जटिलता थपेको छ ।’

नेपालका विमानस्थल चराका कारण सबैभन्दा बढी जोखिममा काठमाडौंको त्रिभुवन विमानस्थल पर्छ । तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा ४९ वटा घटना भएका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्