लमहीको एक घरबाट लाखौं रुपैयाँका गरगहना चोरी

दाङ समाचार
दाङ समाचार ४ असार २०७९, शनिबार
3 Min Read
Aa

दाङ– गएराती लमहीको एक घरमा चोरी भएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुर ( छोट्की महरुवा) निवासी लोकबहादुर भण्डारीको घरमा चोरी भएको हो ।

चोरले भण्डारीको घरमा कोहि नभएको मौका छोपेर दुई तोला सुनबाट बनेका चार वटा टप, दुई वटा औंठी, एउटा नेक्लेस, एउटा सानो तिलहरी गरि लाखौं रुपैयाँ बराबरका गरगहना चोरी भएको हो ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ बाघखोर स्थायी घर भएका भण्डारीको लमही स्थित छोटकी महरुवाको घरमा राती ७ देखि ९ बजेको विचमा चोरी भएको उनको भनाई छ । त्यो समयमा बत्ती थिएन, हामी बिहान घर गएका थियौं, साँझ लमहीको घरमा आउँदा मात्र गहना चोरी भएको थाह पायौं”- भण्डारीले भने ।

दराजमा राखेका सुनका गरगहना चोर्नुका साथै दराज तोडफोड समेत गरेका छन । पर्खालको जालीबाट चोर पसेर सरियाले दराजको लकर फोडेर चोरी गरेको पिडितको गुनासो छ ।

केही समय यता लमहीको ग्रामीण वस्ती तिर चोरहरुले आतंक मच्याउदै आएको स्थानीयहरुको गुनासो छ । चोरहरुले चोरी कार्यमा नयाँ तरिका प्रयोग गर्न थालेका छन, ससाना बालकहरुलाई अगाडी सारेर चोरी गर्ने गरेको देखिन्छ ताकी प्रहरी चोरको मुख्य नाइके सम्म पुग्न नसकोस भनेर ।

ढेब्ली फोड्ने, सटर फोड्ने, घरमा गएर गरगहना चोर्ने चोरी काममा प्रायः १५ वर्ष मुनिका बालकहरु संलग्न रहेको पाइन्छ, यो किन गर्छन भन्दा उमेर नपुगेकालाई प्रहरीले छोड्छ र कानून लाग्दैन भन्ने उनिहरुको बुझाईमा भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले बताए ।

कानूनी हिसाबले कम उमेरका बालकलाई हिरासतमा राख्न नमिल्ने हुँदा सम्झाई बुझाई अभिभावकको जिम्मा लगाएर छोड्ने गरिन्छ, उनिहरुलाई मुद्दा पनि चलाउन नमिल्ने भएर यी घटनाहरु भैरहेका छन, जसका कारण उनिहरुलाई झन चोरी कार्यमा मनोबल बढ्ने काम भएको देखिन्छ”- प्रमुख काफ्लेको भनाई छ ।

ग्रामीण वस्तीमा प्रहरी पुग्दैन

लमहीका ग्रामीण वस्तीमा पनि रातको समयमा प्रहरी परिचालन गरिनु पर्ने स्थानीयहरुको माग छ । मध्यनगर, खैरी, लंगडी, छोट्की महरुवा, बड्का महरुवा, अर्जुनखोला, कोलमोहर लगायतका वस्तीहरु नजिक जंगल छ, अपराधीक क्रियाकलाप गर्ने बदमासहरुका लागि त्यो जंगल उपयुक्त देखिन्छ । ती वस्तीहरुमा रातको समयमा हिडडुल गर्न समेत खतरा छ । ती वस्तीहरुमा रातको समयमा प्रहरी परिचालन गरि दिन त्यहाँका स्थानीयको माग छ ।

नजिकै ठुलो नर्सरी छ, त्यही नर्सरीलाई आधार बनाएर चोरहरु सक्रिय रहने गरेको स्थानीय तोयाराम बस्नेतको भनाई छ । नर्सरी नजिकै अर्जुन खोला छ, उक्त खोला बाट रातको समयमा ढुङा गिट्टी उत्खनन गर्नेहरुले पनि अपराधीक क्रियाकलाप गर्न सक्दछन ।

रातको समयमा गाँजा भाँग खाने, मदिरा खाएर होहल्ला गर्ने, बाटोमा समूह बनाएर बसेका हुन्छन त्यो देख्दा रातको समयमा हिड्न पनि डर त्रास भएको स्थानीय बस्नेतले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्