शिर झुक्नेगरी काम गर्दैन- मन्त्री चौधरी

दाङ समाचार
दाङ समाचार १७ असार २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – देउखुरी बहुमुखी क्याम्पस लमहीले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्वागत गरेको छ । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जनताको शिर झुक्ने गरि काम नगर्ने बताए ।

मैले भोट हालेर मन्त्री भएको मान्छेले नराम्रो काम गर्यो, मेटमणी हाम्रो निर्वाचन क्षेत्रको मान्छे हो भन्न लायक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आफू सांसद हुँदा पनि विभिन्न क्याम्पस विद्यालयमा बजेट पठाएको स्मरण गर्दै अब मन्त्री भैसकेपछी पनि यो कार्यलाई निरन्तर दिने उनको भनाई छ ।

त्यस्तै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले क्याम्पसलाई गर्नु पर्ने सहयोग निरन्तर रहने छ, क्याम्पसको पठनपाठनका बारेमा चासो लिदै कुनै छड्के अनुगमन गर्न आउने समेत बताए ।

देउखुरी बहुमुखी क्याम्पसका अध्यक्ष गणेशकुमार चौधरीको अध्यक्षता तथा शहरी विकास मन्त्री मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण भेषराज पोख्रेलले गरेका थिए । क्याम्पस प्रमुख शेरबहादुर गिरीले क्याम्पसका बारेमा जानकारी गराएका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्