काठमाडाैँ – जनता समाजवादी नेपाल (जसपा)बाट सिफारिस भएका तीन जना मन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदकाे हेरफेर गरेकी हुन्।
मन्त्रिपरिषदकाे हेरफेरअनुसार भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदिप यादवलाई नियुक्त गरिएकाे हाे।
आइतबार साँझ अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र श्रेष्ठलाई थमौती गर्दै तीनजना नयाँ अनुहारलाई मन्त्रीमण्डलमा सिफारिस गरका थिए। नयाँ मन्त्री नियुक्त भएसँगै भौतिकमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महेन्द्रराय यादव र वनमन्त्री रामसहयाय यादव पदमुक्त भएका छन्। नयाँ नियुक्त भएका मन्त्रीकाे साँझसम्म सपथ हुने बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस्