माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभाग अध्यक्षमा दाङका कुबेर ओली

दाङ समाचार
दाङ समाचार २३ असार २०७९, बिहीबार
1 Min Read
Aa

दाङ –  नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभागको अध्यक्षमा दाङका कुबेर वलीलाई चयन गरिएको छ । पार्टीको विहीबार बसेको बैठकले ओलीलाई केन्द्रीय निर्वाचन विभागको अध्यक्ष मनोनित गरेको हो ।

केन्द्रीय निर्वाचन आयोगको अध्यक्षको बरियता पार्टीको स्थायी कमिटि सदस्य सरह हुन्छ । वली दाङका पुराना कम्युनिष्ट नेता हुन् । पटक–पटक उनलाई पार्टीले किनारा पारेको भन्ने गुनासो आउने गरेको थियो ।

यसअघिका निर्वाचन विभाग प्रमुख विष्णुपुकार श्रेष्ठ चीनको लागि राजदूतमा नियुक्त भएकाले रिक्त ठाउँमा दाङका पुराना नेता ओलीलाई सो जिम्मेवारी दिइएको हो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्