कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक आज पनि बस्ने

दाङ समाचार
दाङ समाचार २८ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडाैँ – नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिकाे बैठक आज पनि बस्ने भएकाे छ। हिजाेदेखि सुरु भएकाे बैठक आज पनि बस्ने भएकाे हाे। बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बैठक बस्ने छ।

भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने लगायतका विविध एजेण्डामा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।हिजाेकाे बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई गति दिनका लागि थप संगठन निर्माण गर्ने प्रस्ताव पेस भएको थियाे।

यसैगरी, गत स्थानीय तह निर्वाचन परिचालन समितिले गरेको काम र प्रचारप्रसार समितिले गरेको कामको प्रतिवेदन पनि पेस भएको थियाे।

स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी दिनमा निर्वाचन केन्द्रित भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएकाे थियाे। महतका अनुसार केन्द्रीय समितिको बैठक केही दिनसम्म चल्नेछ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्