काठमाडौँ – भारतको अस्पतालमा मासिक ६० हजार रुपैयाँमा काम लगाइदिने प्रलोभन देखाइ युवतीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१४ घर भएका ४२ वर्षीय बाबु घिसिङ रहेका छन्। घिसिङले भोजपुर घर भएकी २२ वर्षीयँ युवतीसँग उनका आफन्तमार्फत चिनजान गरी भारतको कलकत्तास्थित अस्पतालमा मासिक ६० हजार रुपैयाँको काम लगाइदिने प्रलोभन देखाएका थिए।
सोही अनुसार घिसिङले युवतीलाई काठमाडौँबाट वीरगञ्ज बसपार्क ल्याएका थिए। त्यहाँ रहेको प्रहरी चेकिङ पोष्टका प्रहरीले युवतीसित सोधपुछ गर्दा बाराको अम्लेखगञ्ज घर भएको तथा रक्सौलमा कपडा खरिद गर्न जान लागेको भनेकी थिइन्।
युवतीलाई भारतमा बेचबिखनको उद्देश्यले लैजान लागेको भन्दै प्रहरीले घिसिङलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए। पक्राउ परेका उनलाई मानव बेचबिखन तथा ओसारपसार कसूरमा अदालतबाट दिन पाँच दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको खनालले बताए।

प्रतिक्रिया दिनुहोस्