सर्पको टोकाइबाट दाङमा एकको मृत्यु, एक जना घाईते

दाङ समाचार
दाङ समाचार २८ असार २०७९, मंगलवार
1 Min Read
Aa

ओम प्रकाश गुप्ता, दाङ

सर्पको टोकाईबाट दाङमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका २ लालमटियाका ६८ वर्षीया सुमित्रा कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कुमाललाई मंगलवार आफ्नै बारीमा गएको समयमा सर्पले डसेको थियो । तर कुन सर्पले डसेको भन्ने खुल्न सकेको छैन । त्यसैगरी सर्पको टोकाईबाट घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदिप बुढामगर घाइते भएका छन ।

मगरलाई मंगलबार दिउँसो ३ बजे बाटोमा हिड्ने क्रममा सर्पले डसेको प्रहरीले बताएको छ । घाइते मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्