काठमाडौं – नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् ।
धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । शुक्रबार रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । सम्भवतः आइतबार राजीनामा बुझाउने पोखरेल निकट स्रोतले बताएको छ ।
तर एआईजी पोखरेल कार्यालय गएका छैनन् । निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिने तयारी गरेका हुन् । उनको कार्यकाल यही साउन २० गतेसम्म मात्र छ ।

प्रतिक्रिया दिनुहोस्