दाङ – कृत्रिम जलाशयमा डुबेका एक युवकको शब फेला परेको छ । दाङको घोराही-१७ मा रहेको कर्जाही कृत्रिम जलाशयमा सोमबार डुबेका घोराही-१७ का ४० वर्षिय अम्मर चौधरीको शब तीनदिनपछि बुधबार आज फेला परेको हो ।
ड्याममा घोंघी टिप्न गएका चौधरी सोमबार कृत्रिम जलाशयमा डुबेपछि निरन्तर खोजि गर्दा बुधबार आजमात्रै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए।
चौधरीको खोजीकार्यका लागि गोताखोरको टोली, शसस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटिएको थियो । ड्याममा माटो धेरै भएकाले लामो समयपछि फेला पारेपनि जिवितै उद्धार गर्न नसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्