दाङ – नेकपा एमाले राजपुर गाउँपालिका कमिटीकाे बैठक सम्पन्न भएको छ ।
पार्टी अध्यक्ष हेमकुमार जिसिकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश किमि सदस्य ध्रुब आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले १३ सदस्यीय सचिवालय गठन गरेकाे छ ।
७ विभाग इञ्चार्ज र ७ वडामा वडा इञ्चार्ज ताेकेकाे छ । भुमिहिन, सुकुम्बासी तथा दलित विभाग इञ्चार्जमा माेहनलाल विक, किसान माेर्चा विभाग प्रमुखमा जगमान चाैधरी, संसदिय विभागमा टंक बिष्ट र सुर्यप्रसाद चाैधरी, महिला विभागमा भिमकुमारि सुनार र हिरा हमाल, युवा विभागमा कुलराज चाैधरी, विद्यार्थी विभागमा प्रकाश बुढाथोकी र संघ संस्था विभाग प्रमुखमा सुर्यप्रसाद चाैधरीलाइ चयन गरेकाे छ ।
साथै बैठकले वडा इञ्चार्ज ताेकेर जिम्मेवारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्