आलोक भावुक- गढवा
भू-उपयोग योजना र भूमि सम्बन्धी समस्या समाधानका लागी स्थानीय सरकारको भुमिका बिषयक पालिकास्तरिय अभिमुखीकरण कार्यक्रम गढवामा सम्पन्न भएको छ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले भूमिहीन सुकुम्बासीहरुको समस्या लाई पहिचान गरी समाधान गरिने बताए । केही समय भित्रै पालिकामा समिति बनाएर भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने तर्फ अफु अग्रसर रहेको उनले बताए ।
जग्गा नापजाँचमा देखिएको समस्यालाई पालिकाको समिति र जिल्ला स्तरको समितिसंग सहकार्य गरेर तत्काल समस्याको समाधान खोजिने जानकारी दिंदै सरकारले लामो समयपछि भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुन ल्याएको भन्दै तर ती कानून भित्र रहेका राम्रा पक्षको बारेमा सबैलाई बुझाउन आवश्यक रहेको बताए ।
राष्ट्रिय भूमि आयोग स्थानीय सहजीकरण समितिका संयोजक कल्पना कार्की र अधिकृत बिस्वास नेपालीले राष्ट्रिय भूमि आयोगको भू-उपयोग योजनाको सिद्धान्त, भू-उपयोगको क्षेत्रहरु र यसको काम कर्तव्यको बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगी, प्रशासन प्रमुख पुनाराम शर्मा, वडा नम्बर – ५ का अध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाका वडाध्यक्ष बिर बहादुर आले मगर, वडा नम्बर – ३का वडा सदस्य आशाराम चौधरी, एकीकृत समाजवादीका राम प्रसाद गैरे, वडा नम्बर – २ का वडाध्यक्ष भक्तु चौधरी, नेपाली काँग्रेसका पुरन चौधरी लगाएतकाको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन गढवा गाउँपालिकाको प्रशासन प्रमुख पुनाराम शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्