मिनिमेला आयोजना गर्ने बारे व्यवसायीसंग बृहत् छलफल

दाङ समाचार
दाङ समाचार २३ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

दाङ – देउखुरी उद्योग वाणिज्य संघ लमहीले व्यवसायीहरुसंग छलफल शुरु गरेको छ । हिन्दुहरुको महान चाड दशै, तिहार र छठ पर्व नजिकिन लागेपछि संघले आफ्ना व्यवसायीहरुको व्यवसायलाई कसरी प्रबर्द्धन गर्न सकिन्छ भनेर बृहत् छलफलको आयोजना गरिएको अध्यक्ष खगेश्वर खनालले बताए ।

अघिल्लो वर्ष पनि देउखुरी उद्योग वाणिज्य संघले दशै,तिहार र छठ पर्व लक्षित मिनि मेलाको आयोजना गरेको थियो । “यो वर्ष पनि त्यस्तै प्रकारको मेला आयोजना गर्नेकी भन्ने योजना छ, सबै व्यवसायीहरुसंग राय सुझाव लिइरहेका छौं”- अध्यक्ष खनालले भने ।

संघले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा सहभागी भएका लमही बजारका व्यवसायीहरुले गतवर्षको मिनिमेलाले सबैलाई टेवा पुगेको बताए । “यो मेलाले सबै खाले व्यवसायीलाई आर्थिक लाभ भएको छ, तर खुल्ला सिमानाकाबाट कर छलेर सामान नेपाल भित्र्याउनेहरुलाई वाणिज्य संघले कडाइका साथ नियमन गर्नु पर्ने बताउछन, लमहीका कपडा व्यवसायी शिवशंकर गुप्ता ।

अर्का व्यवसायी कृष्ण पौडेलले सेवाग्राहीले नयाँ नयाँ प्रविधि देख्न खोजेका छन, अब पोहोर साल भन्दा केही फरक तौरले गर्नु पर्ने पौडेलको भनाई छ । वाणिज्य संघले आयोजना गरेको कार्यक्रमले सबैतिर सकारात्मक संदेश जानू पर्छ”- पौडेल भन्छन ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीले पहिलो चरणमा फेन्सी व्यवसायी, इलेक्ट्रोनिक व्यवसायी, भाँडा व्यवसायी लगायतसंग छलफल गरेको छ । त्यसैगरी अन्य व्यवसायीसँग पनि छलफल गरेर अन्तिम निर्णय लिने वरिष्ठ उपाध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिए ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीले गतवर्ष आयोजना गरेको मिनि मेलाको सिको साविक राप्ती अञ्चलका केही उद्योग वाणिज्य संघले गरेका थिए । उक्त मिनि मेलामा मोटरसाइकल, टेलिभिजन लगायतका वम्पर उपहार राखिएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्