दाङ – राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले सामाजिक सुरक्षा भत्ता अबदेखि गाउँ-गाउँ पुगेर प्रदान गरिने भएको बताएका छन ।
अपांग, अशक्त, वृद्धवृद्वाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै घर- घर पुगेर भत्ता प्रदान गर्न लागेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
दुई/तीन दिन लगाएर भत्ता लिन आउनु पर्ने अवस्था छ, वर्षाले बाटोघाटो बिगारेको छ, आवतजावत गर्नमा निकै समस्या छ, त्यसकारण पनि हामीले घरमै पुगेर भत्ता दिने योजना बनाएका हौं”- अध्यक्ष बुढाथोकीले भने ।
अब केही दिन लगत्तै यो अभियाननै चलाउने भएको गाउँपालिकाले जनाएको छ । त्यसैगरी हामी भत्ता रकम लिएर तपाईंको घर दैलोमा आउँदै छौं भनेर सबै वडाका भत्ता लिने मानिसलाई जानकारी गराई सकेका छौं”- उनले भने ।
दाङको राजपुर गाउँपालिका जिल्लाकै बिकट पालिका हो । नेपाल भारत सिमा क्षेत्र सम्म फैलिएको यो पालिकामा त्यहाँका स्थानीयले अझै सम्म यातायात, शिक्षा, खानेपानी, स्वास्थ्य जस्ता अत्यावश्यक सेवा सुविधाको धित पुग्ने गरि प्रत्याभूत गर्न पाएका छैनन ।
गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादव भन्छिन”- भौगोलिक हिसाबले अत्यन्तै दुर्गम छ, थोरै रकमले आयोजनाको काम गर्न गाह्रो छ, तर प्रदेश देखि केन्द्रसम्म घच्घच्याउने काम चाहिँ भैरहेको छ”- । हाम्रो कार्यकालमा पालिकावासीले सम्झिने लाएक काम गर्नु छ”- यादवले भनिन ।

प्रतिक्रिया दिनुहोस्