गढवा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चौधरी

दाङ समाचार
दाङ समाचार २८ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

दाङ – गढवा गाउँ पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आशिष चौधरी आएका छन् । उनलाई गाउँपालिकाले सोमबार एक औपचारिक कार्यक्रम गरेर स्वागत गरेको हो । प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी सोमबार देखि गढवा गाउँपालिका कार्यभार सम्हालेका छन् । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशेष उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको हो।

स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले पछिल्लो समय समस्यामुलक बितेको भन्दै अबको दिन सफल हुने बताए । प्रमुख प्रशासकीय अधिकृत आएपछी सम्पूर्ण शाखा एकरुपता ल्याई काम गर्न सहजहुने उनको भनाई छ । गढवा गाउँपालिकाको आर्थिक,समाजिक एवं समग्र विकासका लागि प्रमुख प्रशासकीय अधिकृत र विभिन्न शाखाका प्रमुख, कर्मचारीहरुसंग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

त्यसैगरी स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले आफुले गढवा गाउँपालिकाको शान्ति, समृद्धि, सुशासन र विकासलाई आत्मासाथ गर्दै अघि बढ्ने बताए । जनप्रतिनिधिहरुले देखेको सपना पुरा गर्नका लागी बनाएको निति तथा कार्यक्रम,बजेट,नियमावली/कार्यविधि सही दिशामा हिडाउने निति तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने जिम्मेवारी आफु लगायत हामी सबैको भन्दै त्यसलाई कार्यान्वयन गर्न आफु अघि बढ्ने बताए ।

कार्यक्रममा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरी,गढवा गाउँपालिकाकाका योजना शाखा प्रमुख कुलराज कुमाल,नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य बिरेन्द्र चौधरी लगायतकाले बोलेका थिए । कार्यक्रममा गढवा गाउँपालिकाका सबै शाखाका प्रमुख,उपप्रमुख कर्मचारीहरुको उपस्थिति रहेको थियो। योजना शाखा प्रमुख कुलराज कुमालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख पुनाराम शर्माले गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्