पहिरो खसेको क्षेत्रमा पुगे वडाध्यक्ष थापा, पहिरो हटाउन सम्बन्धित निकायलाई गरे ताकेता

दाङ समाचार
दाङ समाचार ३० भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

दुख हरण यादव- गढवा

गढवा-कोइलाबास सडक खण्डको अवस्थाबारे गढवा गाउपालिका वडा नं ५ का अध्यक्ष लेख बहादुर थापाले चासो देखाएका छन । वर्षातको समयमा हुन सक्ने दुर्घटनालाई मध्येनजर गर्दै वडाध्यक्ष थापाले गढवा-कोइलाबास सडकको अवस्थाबारे स्थलगत अनुगमन तथा निरीक्षण समेत गरेका छन ।

May be an image of 3 people, people standing and outdoors

लगातार पानी परेपछि यात्रु तथा सवारी साधनलाई आवत जावतमा समस्या परेको खबर तथा गुनासो आएपछि गढवा कोइलाबास हुलाकी राजमार्गमा आवत जावत गर्न यात्रु तथा सवारी साधनलाई समस्या नहोस भन्ने उद्देश्यले वडाध्यक्ष थापाको नेतृत्वमा इलाका प्रहरी कार्यालय गढवा, स्थानीय समाजसेवी, तथा पत्रकार सहितको टोलिले बाटो सुचारु राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

वर्षातको समयमा पहिरो खस्दा ठाउँ ठाउँमा बाटो अबरुद्द बन्नुका साथै,नालि पुरिएको र पिच बाटोमा माटो जमेको कारणले आवागनमा सकस भएपछि थापाले बाटोको अवस्थाबारे हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका कार्यालय प्रमुख योगेस सुमनलाई जानकारी गराएका छन।

May be an image of 1 person, standing and road

त्यसै गरि गढवा गाउँपालिका वडा नं ८ का अध्यक्ष खलिक सिद्दिकिले लामो समय पछि सन्चालनमा आएको कोइलाबास भन्सारलाइ निरन्तर गतिशिल बनाई राख्न गढवा-कोइलाबास हुलाकी सडक खण्डको धेरै महत्वपुर्ण रहेको हुँदा कुनै पनि हालतमा गढवा कोइलाबास सडक खण्डको बाटो आवागमनमा समस्या आउन नदिने बताए । लमही कोइलाबास सडक खण्डको निर्माण कम्पनी जेवी कुमार कन्ट्रक्सनले पाएको थियो । जसको सम्म्पन्न अवधि यहि वर्षको चैत्र मसान्तमा सकिदै छ ।

सम्पन्न अवधि सकिनु पुर्व क्रेक भएको रोड,नालि व्यवस्थापन,तथा मर्मतको सबै काम सकेर सम्बन्धित निकायलाई सडक हस्तान्तरण गर्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका कार्यालय प्रमुख योगेस सुमनले बताए ।

May be an image of tree and outdoors

अनुगमन कार्य पछि वडाध्यक्षको नाताले थापाले सम्बन्धित निकायलाई समयमै गरेको खबरदारीले बाटो मर्मतमा सम्बन्धित निकायले तिब्रता देखाएको पाइएको स्थानीय गुमान सिङ गुरुङको भनाइ छ ।

May be an image of sky, tree and road

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्