दाङ – गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेल डेंगु संक्रमित भएका छन। बुधबार उच्च ज्वरो आएको, ज्वरो कम नभए पछी चेकजाँच गर्दा डेंगु संक्रमित पुष्टि भएको गढवा गाउँपालिकाले जनाएको छ ।
‘ज्वरो आएको छ, उहाँ आराम गरिरहनुभएको छ, शुक्रबार भने ज्वरो केही कम भएको छ’- गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए।
रगत परीक्षण गर्दा सामान्य देखिएको छ, ज्वरो आउने र टाउको दुख्ने समस्यापछि पालिका प्रमुख शर्माको घरमै उपचार भैरहेको र अवस्था सामान्य रहेको गढवा स्वास्थ्य चौकीका मेडिकल अधिकृत केदार अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्